जोडिनुहोस
  • होमपेज
  • सखुवा प्रसौनीका पूर्वअध्यक्ष एमालेमा प्रवेश, ओलीलाई १८० किलोको माला

सखुवा प्रसौनीका पूर्वअध्यक्ष एमालेमा प्रवेश, ओलीलाई १८० किलोको माला

पर्सा। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल लगायत नेत कार्यकर्ता आइतबार एमालेमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उक्त गाउँपालिका–२, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित पाँच हजार नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएको उनको सचिवालयले जनाएको छ।

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट पनि एमालेमा प्रवेश गरेका बताइएको छ।

कार्यक्रममा पर्साबासीकातर्फबाट क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरे । ओलीलाई गुप्तासहितले एउटा १०० किलो र अर्को ८० किलोको माला लगाइदिए ।

कार्यक्रममा एमाले मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका