जोडिनुहोस
  • होमपेज
  • शेरा दरबार प्रकरणको अनुसन्धान आफूबाट सुरु गर्न अध्यक्ष दाहालको आग्रह

शेरा दरबार प्रकरणको अनुसन्धान आफूबाट सुरु गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान शुरु गर्न आग्रह गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नुवाकोटाको शेरा दरबारलाई अहिले चर्चामा ल्याइएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको आफूले बुझेको पनि बताए ।

उनले कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ की भनेर सरकार लागेको आरोप लगाए ।

उनले भने– ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट शुरु गरौं । ’

दुई प्रतिष्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर संविधान संशोधनको सैद्धान्तिक जामा लगाएको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका