जोडिनुहोस
  • होमपेज
  • संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौं। संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूचि छ । जसअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका