जोडिनुहोस
  • होमपेज
  • उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित

उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए।

आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, एकीकृत समाजवादीका निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले सात मत पाएको आयोगले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका