जोडिनुहोस
  • होमपेज
  • धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, २३ जना घाइते

धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं। भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको तीर्थयात्री बोकेको बस आइतबार राति धादिङको थाक्रे गाउँपालिका–७ सातकिला नजिक दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

राति करिब १० बजे बा ३ ख ८९२३ नम्बरको बस आफैं अनियन्त्रित भई पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दोलखा भिरकोटकी ५० वर्षीया पार्वती काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १४ जनाको अवस्था मध्यम र ७ जनाको अवस्था सामान्य रहेको छ । उनीहरूलाई धादिङको साइबाबा अस्पताल, काठमाडौंको बाँसबारी न्युरो अस्पताल, ट्रमा सेन्टर, र नेपाल प्रहरी अस्पताल मा उपचारका लागि लगिएको छ ।

  • घाइतेहरूको सूची :-

साइबाबा अस्पताल धार्के, धादिङमा उपचाररत:

  • जित बहादुर मगर (३६ वर्ष, दोलखा, बस चालक) -टाउको/हातमा चोट, अवस्था मध्यम

बाँसबारी न्युरो अस्पताल, काठमाडौंमा उपचाररत:

  • शान्ता अधिकारी (५३ वर्ष, ललितपुर) -टाउकोमा चोट, अवस्था गम्भीर
  • जानुका हुमागाईं (६८ वर्ष, जोरपाटी, काठमाडौं) -टाउकोमा चोट, अवस्था गम्भीर
  • शिवप्रसाद हुमागाईं (जोरपाटी, काठमाडौं) -टाउकोमा चोट, अवस्था मध्यम
  • समिता हुमागाईं (४२ वर्ष, जोरपाटी, काठमाडौं) -मुखमा चोट, अवस्था सामान्य
  • पवित्रा रावत (४६ वर्ष, महालक्ष्मी, ललितपुर) -टाउको/हातमा चोट, अवस्था मध्यम

नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा उपचाररत:

  • राधिका काफ्ले (५० वर्ष, दोलखा) -भित्री चोट, अवस्था मध्यम*
  • सबिना काफ्ले (२८ वर्ष, जोरपाटी, काठमाडौं) -अवस्था सामान्य
  • कृष्ण प्रसाद काफ्ले (५५ वर्ष, भक्तपुर, पूर्व प्रहरी निरीक्षक) -ढाड, छाती, खुट्टामा चोट, अवस्था मध्यम
  • सावित्री ढकाल (४४ वर्ष, भक्तपुर, प्रहरी कार्यालय सहयोगी) -शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम
  • सूर्य प्रसाद काफ्ले (भक्तपुर, पूर्व प्रहरी निरीक्षक) -बायाँ हातमा चोट, अवस्था मध्यम
  • गोमा काफ्ले (४४ वर्ष, प्रहरी कार्यालय सहयोगी, CIB लाम्जिमपाट, काठमाडौं) -शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम
  • धिरज काफ्ले (२८ वर्ष, भक्तपुर) -अवस्था सामान्य
  • चमेली भण्डारी (वतन/उमेर अज्ञात) -भित्री चोट, अवस्था मध्यम
  • राम चौलागाईं (वतन/उमेर अज्ञात) -भित्री चोट, अवस्था मध्यम

ट्रमा सेन्टर काठमाडौंमा उपचाररत:

  • जमुना काफ्ले (२६ वर्ष, दोलखा, तामाकोशी) -टाउको, दुबै हात, कम्मरमा चोट, अवस्था मध्यम
  • अम्बिका काफ्ले (३८ वर्ष, दोलखा, तामाकोशी) -टाउको, पेट, छातीमा भित्री चोट, अवस्था मध्यम
  • डण्डापानी काफ्ले (५२ वर्ष, दोलखा) -कानमा चोट, अवस्था मध्यम
  • नर बहादुर ओली (८३ वर्ष, दोलखा) -छाती र अनुहारमा चोट, अवस्था गम्भीर
  • गीता भण्डारी (भक्तपुर, सूर्यविनायक) -अवस्था सामान्य
  • मैना नेपाल (५० वर्ष, भक्तपुर, सूर्यविनायक) -अवस्था सामान्य
  • नारायणप्रसाद अधिकारी (४५ वर्ष, ललितपुर) -हात/खुट्टामा चोट, अवस्था मध्यम
  • हरी प्रसाद काफ्ले (३१ वर्ष, दोलखा, तामाकोशी) -अवस्था सामान्य

उपचारका लागि काठमाडौं पठाइएका तर सम्पर्क नभएका घाइतेहरू:

  • बिमोचन सापकोटा (२७ वर्ष, रामेछाप, सह-चालक) -गालामा चोट, अवस्था सामान्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका