जोडिनुहोस
  • होमपेज
  • सभामुखले सांसदको नाम नै गलत उच्चारण गरेपछि…

सभामुखले सांसदको नाम नै गलत उच्चारण गरेपछि…

काठमाडौं। नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख देवराज घिमिरेलाई ध्यान दिएर नाम उच्चारण गर्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सभामुख घिमिरेलाई सो आग्रह गरेका हुन् ।

शून्य समयमा बोल्नका लागि नाम टिपाएका कार्कीलाई बोलाउने क्रममा सभामुख घिमिरेले गलत नाम उच्चारण गर्दै ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए ।

यद्यपि लगत्तै सभामुख घिमिरेले नाम सच्याउँदै ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए । सभामुखले नाम सच्याएर उच्चारण गरेपनि कार्कीले नाम उच्चारण गर्दा ध्यान दिन सभामुखलाई आग्रह गरिहाले ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका