जोडिनुहोस
बिहिबार, कार्तिक २०, २०८३
बिहिबार, कार्तिक २०, २०८३

देश

पाथीभरा क्षेत्रमा हिमपात

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, कार्तिक २०, २०८३
पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा गएराति सामान्य वर्षासँगै हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र  यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्षेनी हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।

यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका