जोडिनुहोस
  • होमपेज
  • चीन र भारतसँग व्यापारको ढोका कर्णालीः मुख्यमन्त्री कँडेल

चीन र भारतसँग व्यापारको ढोका कर्णालीः मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै भएको बताएका छन् ।

मुख्यमन्त्री कँडेलले कर्णाली उत्सवको यो छैठौंँ संस्करण उद्घाटन गर्दै कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको बताएका हुन् ।

कर्णालीले मानसरोवर एवम् मध्यएसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्ने गरेको मुख्यमन्त्री कँडेलले बताए ।

‘हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ,’ उनले भने, ‘मानसरोवर मार्ग, फोक्सुण्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ ।’

कर्णाली बोल्नासाथ हाम्रो जनजिब्रोमा झुन्डिएको र कर्णालीवासीले मन पराएको कर्नालीलाई सम्झने र मनन गर्ने र एक पटक पुगेर अनुभव गर्ने भन्ने जो सुकैको मनमा लाग्ने गरेको मुख्यमन्त्री कँडेलले बताए ।

‘कर्णाली एउटा सभ्यता हो । ठूला–ठूला शहरको मानव सभ्यताको विकास नदीसँग जोडिएको हुन्छ,’ उनले भने,‘एथेन्स वा रोमन सभ्यता नै किन नहोस् नदीसँंग जोडिन्छ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसँग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।’

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र भएको र जहाँ सम्भावनाले अवसर दिएको मुख्यमन्त्री कँडेलले बताए ।

‘कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन्,’ उनले भने,‘नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिञ्जा हाम्रो गौरव र पहिचान हो । नेपाली भाषा, सभ्यता, संस्कृति सिञ्जाबाटै सुरु भएकाले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोकै रूपमा स्विकार्ने गर्छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका