जोडिनुहोस
  • होमपेज
  • अवरुद्ध मझगाउँ विमानस्थल निर्माण तत्काल अघि बढाउने विषयमा सहमति

अवरुद्ध मझगाउँ विमानस्थल निर्माण तत्काल अघि बढाउने विषयमा सहमति

काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढाउने सहमति भएको छ ।

गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, महानिर्देशक र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो । अब विमानस्थलको निर्माण तत्काल अघि बढ्नुका साथै वन क्षेत्रमा पर्ने जग्गाको ईआइएपनि संगसंगै हुने भएको छ ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका