जोडिनुहोस
  • होमपेज
  • माइलस्टोनको कार्यान्वयनमा भौतिक पूर्वाधार मन्त्री दाहाल पूर्ण अयोग्य

माइलस्टोनको कार्यान्वयनमा भौतिक पूर्वाधार मन्त्री दाहाल पूर्ण अयोग्य

काठमाडौं। मन्त्रालयहरूले आफैँले तय गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको माइलस्टोनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पूर्णतः असफल भएका छन् । त्यस्तै, स्वयं मन्त्रालयहरूले नै तय गरेको माइलस्टोनमा पुस महिनासम्मको प्रगतिमा प्रधानमन्त्री ओली सहित १२ वटा मन्त्रालयले ५० प्रतिशत अंक कटाउन सकेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणमध्ये माइलस्टोनको अर्धवार्षिक प्रगतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५.८ प्रतिशत मात्रै प्रगति गरेको देखाइएको छ । सो मन्त्रालयले पुस महिनासम्म सम्पन्न गर्नैपर्ने भनेर १९ वटा कार्यक्रम तय गरिएकोमा सो अवधिसम्म जम्मा ३ वटा मात्र काम सम्पन्न गरेको छ ।

माइलस्टोन प्रगति तथ्यांकअनुसार महिला बालबालिका मन्त्रालयले पुस महिनासम्म सम्पन्न गर्नुपर्ने कार्यक्रम १४ वटा तय गरिएकोमा ३ वटा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस महिनासम्म सम्पन्न गर्नुपर्ने कार्यक्रम २० वटा तय गरिएकोमा ५ वटा मात्रै सम्पन्न गरेको छ ।

माइलस्टोन प्रगतिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आफैँले तय गरेको पुस महिनासम्मको माइलस्टोनमा ४३.२ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । सो कार्यालयले पुस महिनासम्म ४४ वटा विभिन्न कार्यक्रम सम्पन्न गर्नै पर्ने लक्ष्य तय गरेकोमा जम्मा १९ वटा मात्रै सम्पन्न गरेको हो ।

त्यस्तै, समीक्षा अवधिमा तय गरिएको माइलस्टोनमा अर्थ, खानेपानी, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, वन तथा वातावरण, सहरी विकास, युवा तथा खेलकुद र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालय तथा कार्यालयहरूको माइलस्टोन प्रगति विवरण

480470973 641642458518891 4484292184860962529 n
माइलस्टोनको कार्यान्वयनमा भौतिक पूर्वाधार मन्त्री दाहाल पूर्ण अयोग्य 2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका