जोडिनुहोस
  • होमपेज
  • इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला

अन्तर्राष्ट्रिय

इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, साउन २५, २०८३
इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला

काठमाडौं। संयुक्त इजिप्टियन–जर्मन पुरातात्विक मिसनले दक्षिणी इजिप्टको सोहाग प्रान्तमा ३३२ ईसा पूर्वदेखि ३० ईसापूर्वसम्म फैलिएको टोलेमाइक कालको मन्दिर फेला पारेको छ ।

इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।

५१ मिटर चौडा मन्दिरको प्रवेशद्वारद्वारा छुट्याइएको दुई टावरहरूमा विभाजित गरिएको छ । टावरहरूको झुकाव कोणले मन्दिरको मुल उचाइ १८ मिटर हुनसक्ने अनुमान छ ।

मन्दिरको मुख्य गेटको सरसफाई कार्यको क्रममा बाहिरी मुख र भित्री पर्खालहरू सजाउने केही चित्रलिपि पाठहरू फेला परेका थिए ।

प्रवेशद्वार र केही पर्खालहरूमा भेटिएका कार्टुचहरूको प्रारम्भिक अध्ययनले मन्दिरको संस्थापक राजा टोलेमी आठौंको शासनकालमा मन्दिर स्थापना भएको संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका