
६ असोज, पर्सा । पर्सा जिल्ला पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा सशस्त्र प्रहरी वल विओपी प्रसौनी भठ्ठाबाट प्रहरी निरीक्षक चेतन बाह्रकोटीको कमाण्डमा खटिगएको टोलीले १९ किलो १२६ ग्राम चरेस बरामद गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको छ ।




































