जोडिनुहोस
  • होमपेज
  • बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ८ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हन् । १७ मंसिरको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको बढुवा भएको थियो ।

दर्ज्यानी चिह्न प्राप्त गर्नेहरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।उनीहरूलाई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न आईजी कुँवरले निर्देशन दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका