देश
तन झै सुन्दर मन भैदिए………. सधै देशको प्रणाली यस्तै भैदिए ! स्वर्ग झै हुन्थ्यो यो देश…………

मेरो एकजना नजिकैबाट चिनजान भएको व्यक्ति (उहाँको सुरक्षालाई मध्यनजर राखेर नाम खुलाईन) हाल काठमाण्डौ महानगरपालिकामा कार्यरत हुनुहुन्छ, अहिलेको अवस्थामा प्राय सवैलाई यो पनि थाहाँ छ कि अप्रत्यक्ष रुपमा देश महानगर प्रमुख वालेनले नै चलाईरहेका छन् र वालेनकै कानूनी सल्लाहकार ओम प्रकाश अर्याल नै देशको गृहमन्त्री हुनुहुन्छ । तसर्थ सवैलाई लाग्नु स्वभाविकै हो अहिले बालेन या महानगरका कोही कर्मचारीले चाहे भने जे पनि हुन्छ ।
मिति २०८२/०६/०९ गते मेरो मनमा एउटा पर्याङ गर्ने सोच आयो, साच्चै कस्तो छ त महानगरमा भनी मैले जो मेरो चिनेको व्यक्तिलाई फोन लगाएर भने अव अहिले गृहमन्त्री तपाईकै पहिलेकै सहकर्मी हुनुहुन्छ मेरो एकजना अति निकट पुलिसको साथि छ उसलाई हुम्लामा सरुवा नगरी नहुने भयो यसो कष्ट गरिदिनु न, बरु साथिले पनि यसो म हेर्छु भनेको छ, गृहमन्त्रीज्यूलाई भनेर हुन्छ कि वालेनलाई भनेर हुन्छ । अनि उताबाट उहाँले जवाफ दिनु भयो रावल सर कृपया अरु कामको लागि हो भने फोन गर्नु तर यसरी व्यक्ति सिफारिस जस्ता कार्यको लागि मलाई फोन नगर्नु होला । उहाँहरु यस्तै कार्यलाई पूर्ण रुपमा निष्तेज पार्ने भनेर लागिपर्नु भएको छ, अहिले त के कहिले पनि यस्ता भनसुनका कार्यहरुको सिफारिस हुँदैन, यस्तो कुरामा हजुरले मलाई फोन पनि नगर्नु होला भनेर फोन राखिदिनु भयो । हुन त मैले के कस्तो छ त परिस्थिती भनेर बुझ्न तथा छड्के चेकजाँचका लागि उहाँलाई फोन गरेको थिए तर उहाँले साच्चिकै सम्झेर हतारमा कुराको सार टुङ्ग्याएर राखि हाल्नु भयो । अनि मनमनै मरो मनमा खुशीको सिमानै रहेन, मलाई क्या आनन्द आयो ।
अनि मन मनै सोचे साच्चै हाम्रो देशमा आज मात्र होईन अवोप्रान्त यसरी आफ्नाले फोन गरेर, कोही कसैले घुस दिएर गरिने सिफारिस जस्ता कार्यहरुको अन्त्य हुने स्थायी सिस्टम बसालिदिएको भए साच्चै देशमा कति राम्रो हुने थियो भन्ने मनमनै लागेर यो वास्तविकता यहाँ साभार गरिदिए ।
हर्क रावल देवाश्रीत







































