
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् ।
भक्तपुरको गुण्डुमा शनिबार युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदन प्नदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन ‘ दिदैनौ, हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ’ दिँदैनौं, भनेर बस्नेतले भने, उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको खेल सफल हुन नदिने समेत जिकिर गरे ।
साथै, उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप समेत लगाए ।





























