
काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएका थिए, पिकअपमा १९ जना यात्रु सवार थिए ।
घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेहरूमा गोलन्जर गाउँपालिकाका २३ वर्षीया प्रेम मगरको टाँउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । घाइते सबै एकै वडाका परिवारभित्रका छन् ।
घाईतेहरुको अवस्था:
१) सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने वर्ष २३ को प्रेम मगरको टाँउकोमा चोट (अवस्था गम्भीर)
२) वर्ष २० को रोजिना थापा मगर (अवस्था मध्यम)
३) वर्ष १७ को भोज बहादुर थापा मगर (अवस्था मध्यम)
४) वर्ष ३५ को तारा बहादुर खुलाल (अवस्था मध्यम)
५) वर्ष ११ को सुसन मगर (अवस्था मध्यम)
६) केदार थापा मगर (अवस्था मध्यम)
७) वर्ष २० मालती खुलाल (अवस्था सामान्य)
८) वर्ष २२ को ज्ञानेन्द्र मगर (अवस्था सामान्य)
९) वर्ष २२ को जम्पा खुलाल मगर (अवस्था सामान्य)
१०) वर्ष ८ को नितेश मगर (अवस्था सामान्य)
११) वर्ष २२ को रोश्मी मगर (अवस्था सामान्य)
१२) वर्ष २५ को ओम आले मगर (अवस्था सामान्य)
१३) वर्ष २६ को ओम बहादुर राना (चालक) : (अवस्था सामान्य)





























