जोडिनुहोस
  • होमपेज
  • १३ वर्षीया नाबालिकामाथि बलात्कार आरोपमा जनकपुरका एमाले नेता पक्राउ

१३ वर्षीया नाबालिकामाथि बलात्कार आरोपमा जनकपुरका एमाले नेता पक्राउ

१३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्।  २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्। नेता रघुवीर महासेठका निकट सहयोगी मानिने उनी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, उद्योग वाणिज्य महासंघ मधेशका संस्थापक अध्यक्ष समेत हुन्। उनलाई भारत बिहारको सीतामढीबाट पक्राउ गरेर मंगलबार धनुषा प्रहरीमा उपस्थित गराइएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेशबहादुर बमले जानकारी दिए।एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखको उम्मेदवार थिए।  प्रवक्ता डिएसपी बमले यो घटनामा यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए। ‘यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा नियन्त्रणमा लिइएको हो, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘थप कुरा अनुसन्धानपछि थाहा हुन्छ।’

प्रहरीका अनुसार कात्तिक चौथो साताको एक दिन जनकपुरको एउटा होटलमा पक्राउ परेका साह सहितका चार जनाले दुई दिनसम्म होटलमा बन्धक बनाएर १३ वर्षे नाबालिकामाथि जबरजस्ती गरेको उजुरी छ। यही मुद्दामा साहकै  भाइ मनोज साह केही दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए। नाबालिकाका मामासमेत यो घटनामा पक्राउ परेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका