जोडिनुहोस
  • होमपेज
  • अतिक्रमण भएका १ ८५९ रोपनी जग्गा मुक्त गराउने लक्ष्य छः मेयर बालेन्द्र साह

अतिक्रमण भएका १ ८५९ रोपनी जग्गा मुक्त गराउने लक्ष्य छः मेयर बालेन्द्र साह

काठमाडौं महानगरपालिकाले सोमवार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा मेयर वालेन्द्र दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताए । आफूहरु निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको समेत जानकारी दिए ।  महानगरले दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पुर्वाधार योजना सम्पन्न गरेको पनि जानाकारी दिए । धुलोरहित कार्यक्रम अन्तर्गत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाईट जडान गरिएको उनले बताए । सडकबत्तिको गुणस्तर वृद्धि गर्न र रात्रिकालिन शहरी सौन्दर्य बढाउन ५ हजार तीन सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर शहरलाई उज्यालो बनाउन लागिएको पनि उनले जानकारी दिए । उनले महानगरले करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गरिएको पनि बताए । महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपचार गरिएको पनि जानकारी दिए ।

उनले भने, ‘हामी काठमाडौं महानगरमा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजानिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिव दुई खर्ब मूल्य बराबरको १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ । गएको वर्ष हामीले करिव दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेका थियौँ । करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गर्न यसबाट २७६ मूर्तसम्बन्धी सम्पदासम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदासम्बन्धि कार्यक्रम सञ्चालन भए ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका