देश
प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो निर्क्यौल गर्न सर्वोच्चलाई कानून व्यवसायीहरुको आग्रह
0 टिप्पणी

कानून व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । नेपाल बार एशोसिएशनको ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौलालगायतका कानून व्यवसायीहरुले उक्त मुद्दाको सुनुवाईलाई प्राथमिकतामा राखेर निक्याैलमा पुर्याउन सर्वोच्च अदालतलाई सुझाव दिएका हुन् ।





























