जोडिनुहोस
  • होमपेज
  • शेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार

शेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार

काठमाडौं। सोमबार शेयर बजारका सबै सूचक बढेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ।

नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो। सबै सेक्टरका सूचक बढेका छन्। कारोबार रकम पनि बढेको छ।अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको भयो।

२१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो। फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो। बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढे।

जानाकी फाइनान्स, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो। रिभर फल्स पावरको ९.५४, मेन्छियाम हाइड्रोपावरको ९.१३, मायाखोला हाइड्रोपावरको ६.९९, प्रोग्रेसिभ फाइनान्सको ६.६२ तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशत बढ्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका