जोडिनुहोस
  • होमपेज
  • अझै फिर्ता भएनन् घरेलु कामदारका रूपमा खटाईएका प्रहरी कर्मचारीहरु; प्रकाश रायमाझी

अझै फिर्ता भएनन् घरेलु कामदारका रूपमा खटाईएका प्रहरी कर्मचारीहरु; प्रकाश रायमाझी

जनताले तिरेको करबाट तलवभत्ता खुवाएर अझै पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारौंको संख्यामा प्रहरी कर्मचारीहरु विभिन्न व्यक्तिका घरहरुमा सुरक्षाका नाउँमा दासका रुपमा घरेलु कामदार खटाईएको पाईएको छ।  कथाकथित व्यक्तिहरूको पूर्ति देखाउनका निमित्त सुरक्षाकर्मी खटाइएका छन् तिनीहरूको घरबाट तुरुन्त फिर्ता गरियोस प्रहरी नियमावली समेत तत्काल संशोधन गरियोस्। प्रधानमन्त्री, पूर्वगृहमन्त्री मन्त्री र सुरक्षा  निकायका प्रमुखहरु अवकाशप्राप्त भइसक्दा पनि घरेलु कामदारका रूपमा सवारी चालक भान्छे आदिका नाममा प्रहरीहरु खटिएका छन्। कतिपय प्रहरी महानिरीक्षकले आफ्नो निर्देशन बाट खटाएका छन् भने कतिपय गृहका कर्मचारीले तिनका आसेपासे समेतलाई सुरक्षाकर्मीहरू खटाइदिएका छन्।‌ जसको रेकर्ड समेत गृहमन्त्रालयमा छैन। कोकसको घरमा छन् भन्ने कुरो लुकाइएको छ अस्ति भर्खर मैले गृहसचिवलाई जानकारी माग्दा उनले दिन चाहेनन् सुरक्षा महाशाखाको सह-सचिव सँग जानकारी हुन्छ भनेर तर्कीनखोजे, हजारौंहजार राष्ट्रसेवक सुरक्षाकर्मी कर्मचारीलाई देशको करबाट उठेको तलबभत्ता खुवाएर व्यक्तिको सेवा चाकरी गराउन सकिँदैन। कुनैपनि व्यक्तिलाई ‌सुरक्षा थ्रेट भनेर नाटकीयरुपमा सुरक्षाकर्मी खटाउनुपर्ने‌ अहिले आवश्यकता पनि छैन। तत्काल फिर्ता गरी नेपालको सीमा क्षेत्रमा हुने अपराध तथा तस्करी रोक्न तिसुरक्षाकर्मीहरुलाई‌ पठाइयोस्। अब कुनै पनि व्यक्तिले सुरक्षाकर्मी राखेर देशको सम्पत्तिमाथि दोहन गरिरहेको छन् भने त्यस्ता‌ व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्ने अभियानसमेत चलाउँदैछौं। गृह मन्त्रालयबाट घरमा घरमा‌ खटिएका सुरक्षाकर्मीलाई फिर्ता गराइएको सत्यतथ्य जानकारी प्राप्त होस भन्ने विगत वर्षदेखि यो आवाज उठाउँदै आएका छौं। हुन त वेला वेलामा फिर्ता बोलाउने भनेर धेरै चोटी सुचना तथा परिपत्रहरु पनि नभएका होईनन् तर  थोरै संख्यामा फिर्ता बोलाएजस्तो  मात्र नाटक गरिन्छ । राज्यको ढुकुटी दोहन गर्ने अनि राज्यका प्रहरी कर्मचारीहरुलाई पद र ओहदाको आडमा दुरुपयोग गर्ने कामप्रति हाम्रो घोर आपती छ यस प्रकारको मुद्धामा हालका माननीय  गृहमन्त्रीज्यू पनि पूर्ण रुपमा सचेत तथा जानकारी लिनुहोला, एक हप्ताभित्र सबै राष्ट्रसेवक कर्मचारीहरुलाई व्यक्तिगत प्रयोग गर्नबाट फिर्ता गरियोस्। अन्यथा हामीले गाउँ टोल बस्तीबाट सामाजिक बहिष्कार सुरु गर्नेछौं।

प्रकाश रायमाझी, अध्यक्ष, स्वतन्त्र नागरिक समाज

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका