जोडिनुहोस
  • होमपेज
  • महाभारत क्षेत्रको वनमा डढेलोः खोँचहरुमा भने आगो निभ्न बाँकी

महाभारत क्षेत्रको वनमा डढेलोः खोँचहरुमा भने आगो निभ्न बाँकी

काभ्रे। बेथानचोक गाउँपालिकाको सिमाना थामलेकमा लागेको डढेलो नियन्त्रणमा आए पनि पूर्णरुपमा निभ्न सकेको छैन । वनमा लागेको डढेलो फैलिनसक्ने क्षेत्रमा नियन्त्रण भइसकेको तर खोँचहरुमा अझै आगो निभाउन बाँकी रहेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए।

उनका अनुसार रमितेडाँडा र ज्वानोथुम्कामा लागेको डढेलो नियन्त्रणमा आएको छ । शुक्रबार हेलिकोप्टरबाट २४ पटक गरी २४ हजार लिटर पानी खन्याएपछि डढेलो नियन्त्रण हुँदै गएको अध्यक्ष अधिकारीले जानकारी दिए।

बेथानचोकको २ नम्बर वडामा रहेको एक पार्कको पोखरीबाट हेलिकोप्टरले पानी उठाएर डढेलो लागेको क्षेत्रमा खन्याएको थियो । हिजो पनि सुरक्षाकर्मी तथा स्थानीय मिलेर डढेलो नियन्त्रणमा लिने प्रयास जारी राखेका थिए ।

गत मंगलबारदेखि महाभारत क्षेत्रको २० वर्गकिलोमिटर वन क्षेत्रमा डढेलो लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका