जोडिनुहोस
  • होमपेज
  • निर्वाचनले राजनीतिक स्थायित्व र देशले दीर्घकालीन आर्थिक समृद्धिको बाटो निर्धारण गर्न सक्दैनः प्रकाश रायमाझी

निर्वाचनले राजनीतिक स्थायित्व र देशले दीर्घकालीन आर्थिक समृद्धिको बाटो निर्धारण गर्न सक्दैनः प्रकाश रायमाझी

०७२ को संविधान अन्तर्गत निर्वाचनमा जाने कुनै पनि राजनीतिक दलहरूले आफूलाई वैकल्पिक शक्ति भन्नु जनतालाई झुक्काउने अस्त्र मात्रै हो। संघीयता धर्मनिरपेक्ष गणतन्त्र समावेशी यो संविधानको प्रस्तावनामै उल्लेख छ। यो संविधान अन्तर्गत हुने निर्वाचन र निर्वाचित हुने प्रतिनिधिले यही संविधानमा सपथ खाएपछि कसरी वैकल्पिक राजनैतिक शक्ति हुन्छन्। अहिले भएका राजनीतिक दलहरू सैद्धान्तिक रुपले वैकल्पिक शक्ति होइनन्। निर्वाचनको माध्यमबाट राज्यसत्ता हत्याउने र भागशान्तिमा देश लुट्ने कम्पनी चलाउने मात्रै हुन्। विगतमा पनि त्यही भइरहेकै छ। जसले यो संविधान परिवर्तन गर्ने अठोट लिएर आउँछ त्यो मात्रै वैकल्पिक शक्ति हो। अहिलेसम्म कुनै पनि राजनीतिक दलहरुले यो संविधान पुनःलेखनको मुद्दा उठाएका छैनन्। संशोधन मात्रै भनेका छन्। संशोधनबाट संविधानको मूलभूत विषय परिवर्तन हुँदैन। दुईतिहाइ बहुमत कुनै पनि राजनीतिक दलको पुग्दैन। दुईतिहाइ बहुमत पुगेपनि मिलिजुली राजनीतिक दलहरूले आफ्नो लाभ लिने स्वार्थपूर्ति गर्ने संविधानको धारा मात्रै परिवर्तन गर्छन्। यो संविधानले पुनर्लेखन नगरी कुनै पनि राजनीतिक दल ‌ वैकल्पिक शक्ति बन्न सक्दैन। साना ठूला कम्पनी खोलेर निर्वाचन आयोग नामको कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता गर्ने देश लुट्ने धन्दा मात्रै हो निर्वाचन। अहिले भएका कुनै पनि दलको स्पष्ट आफ्ना धारणाहरु र अडानहरू छैनन्। जनता लाई फेरि पनिझुकाउने यो धन्दा चलिरहने उद्देश्यबाट निर्वाचन गरिँदै छ। यो निर्वाचनबाट राजनीतिक स्थायित्व र देशले दीर्घकालीन आर्थिक समृद्धिको बाटो निर्धारण गर्न सक्दैन । अस्थिरता कामै रहन्छ। अध्यावधिक निर्वाचनको नाउमा भैरहने अस्थिताले देश जीर्ण हुँदै गएको छ। नेपाली जनताको मूल मर्मआत्मसाथ गर्न नसक्ने संविधान र राजनीतिक दलहरूले भागशान्तिबाट चलाउने लुटधन्धाबाट राजनीतिक स्थिरता र मुलुक समृद्ध बन्न सक्दैन।देशलाई समृद्ध बनाउने हो भने यो प्रणाली यो पात्र सबै परिवर्तन हुनु जरुरी छ। जेनजीक्रान्तिकोमूल मुद्दा नै अपहरण भयो। फेरि उही लुटी खाने धन्धा सुरु भयो। शेरबहादुर प्रचण्ड ओली एण्ड कम्पनी छँदै थिए। रवि कुलमान आदि इत्यादि कम्पनी आउने हुन् नेपालीको उज्ज्वल भविष्य यो निर्वाचनले सम्भव छैन।।एकपक्षी अर्को दिल्ली दौडाबाट हुने प्राप्त हुने आशीर्वाद लिने कथितहरुले चलाएसम्म देश बलियो हुँदैन। विदेशीहरूको गुलामी गर्नेपरम्पराबाट देश कहिले मुक्त हुने‌?? हाम्रो राष्ट्र राष्ट्रियता गौरवशाली इतिहासलाई मेट्ने कुलङ्गार आन्तरिक फिरङ्गीहरूबाट कहिले मुक्त हुने ?? सबैलाई चेतना भया

राजनैतिक बिश्लेषक प्रकाश रायमाझी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका