जोडिनुहोस
  • होमपेज
  • दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

काठमाडौं। दुई हप्तामै तीन पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छन् । पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा परेकी हुन्।

एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै पहिलो महिला आरोही हुन् । फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले गएको मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गरेका थिए ।

पूर्णिमा सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । उनले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरि आरोहण गरेका थिए ।

सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसूस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका