जोडिनुहोस
  • होमपेज
  • अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छः गृहमन्त्री लेखक

अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले अख्तियार एन संशोधन विधेयक सरकारको प्राथमिकता रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो आग्रह गरेका हुन् ।

गृहमन्त्री लेखकले अगाडि थपे– ‘यो विधेयकलाई समितिले पनि प्राथमिकता दियोस् भन्ने आग्रह छ । आगामी अधिवेशनमा प्रतिनिधि सभामा पेस हुने वातावरणको लागि आग्रह छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले पनि अख्तियार एन संशोधन विधेयक पास गर्नमा ढिलो भएको बताए । ‘२०७६ सालमै आएको विधेयक हो यो । अब धेरै नै ढिलो भइसकेको छ । शीघ्र पारित गरिदिनुहुन अनुरोध गर्दछु’ अख्तियार प्रमुख राईले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका