जोडिनुहोस
  • होमपेज
  • त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले मनायाे ८० औं वार्षिकोत्सव

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले मनायाे ८० औं वार्षिकोत्सव

वि संं २००३ साल माघ १९ गते स्वर्गीय नरमान श्रेष्ठले न्युरोडको यङ्गालस्थित आफ्नै घरबाट ६ जना विद्यार्थी पढाउँदै सुरु गरेको विद्यालय, विश्व निकेतन मावि जुद्ध शमशेरले स्थापना गरेको त्रिपुरेस्वरस्थित सत्तलमा विसंं २००९ सालमा गणेशमान सिंह श्रेष्ठ उद्योगमन्त्री भएपछि स्थानान्तरण भएको हो । सूर्यलाल अमात्य, प्रा डा केदारभक्त माथेमा, रामशरण महत, तारादेवी, विद्यासुन्दर शाक्य लगायतका चर्चित व्यक्तिव्वहरू यही विद्यालयका उत्पादन हुन् । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले माघ १९ गते विविध कार्यक्रमको आयोजना गरी ८० औं वार्षिकोत्सव मनाएको छ।

7

वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो। कार्यक्रममा प्रमुख अतिथी एवं काठमाडौं महानगरपालिका वडा नं ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले सिमित स्रोत र साधनका बाबजुद पनि विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएकोमा धन्यवाद दिनुभयो।
विश्व निकेतनलाई अझै धेरै विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सबै शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिको सहयोगका कारण विद्यालय अहिलेको अवस्थामा आइपुगेको धारणा राख्नुभएको थियो ।

नेपाल सरकारबाट नमुना विद्यालय तथा बिज्ञान बिषय हब स्कूल निर्माणका लागि छनौट हुन सफल यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ४ हजार भन्दा बढि विद्यार्थी अध्यनरत छन्। यस विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा पास गरेकै हुनु पर्ने व्यवस्था छ।

पम
सहायक प्र अ केदार प्रसाद दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमा काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालयका पूर्व प्रअहरु, विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो।4

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका