
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा एक प्रहरी हवलदार सहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
‘सस्तो दरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ । सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








































