जोडिनुहोस
  • होमपेज
  • १९ वर्षमुनिको एशिया कप क्रिकेट खेल्न यूएई जाने नेपाली टोलीको बिदाइ

१९ वर्षमुनिको एशिया कप क्रिकेट खेल्न यूएई जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतको उपस्थितिमा एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो । टोली भोलि यूएई प्रस्थान गर्नेछ ।

आउँदो शुक्रवारदेखि यूएईमा शुरू हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । मङ्सिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटमा आठ वटा देशले सहभागिता जनाउँदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका