जोडिनुहोस
  • होमपेज
  • भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भाषामै बालेन शाहको जवाफ : सहकार्य गर्ने विश्वास

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भाषामै बालेन शाहको जवाफ : सहकार्य गर्ने विश्वास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा प्रस्तावित भावी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाई र शुभकामनाका लागि आभार व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीको टेलिफोन संवाद र सामाजिक सञ्जाल मार्फतको सन्देशको जवाफ दिँदै बालेनले नेपाल र भारतबिचको शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै बालेनले लेखेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामीसँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’

जवाफमा बालेनले राजनीतिक सम्बन्धका अलावा खेलकुदको माध्यमबाट पनि भारतलाई बधाई दिएका छन् । भारतले लगातार २ पटक विश्वकप क्रिकेटको उपाधि जितेको सन्दर्भलाई जोड्दै उनले भनेका छन्, ‘लगातार २ पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका