जोडिनुहोस
  • होमपेज
  • सुकुम्बासी बस्ती हटाउने सरकारको कदमविरुद्ध थापाथलीमा प्रदर्शन

सुकुम्बासी बस्ती हटाउने सरकारको कदमविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं । सुकुम्बासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध थापाथली क्षेत्रमा प्रदर्शन सुरु भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भइरहेको प्रदर्शनमा “डोजर आतंक बन्द गर”, “सुकुम्बासीको आवास अधिकार सुनिश्चित गर” र “निरङ्कुश सरकार चाहिँदैन” जस्ता नारा लगाइएको छ ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै माइकिङ गरेको थियो । त्यसअनुसार आज बिहानदेखि केही बासिन्दाले सामान सार्न थालेका छन् ।

तर बस्तीका केही युवाहरू भने भेला भएर निर्णयको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका