जोडिनुहोस
  • होमपेज
  • उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत १ हजार ९ सय ६१ वटा घरटहरा भत्काइएको छ ।

नेपाल प्रहरीले तयार पारेको तथ्यांकअनुसार थापाथली, गैरीगाउँ, मनोहरा (काठमाडौँतर्फ) र मनोहरा (भक्तपुरतर्फ) क्षेत्रका घरटहरा हटाइएको हो ।

प्रहरीका अनुसार कूल भत्काइएका घरमध्ये ५ सय ७८ वटा पक्की र १ हजार ३ सय ८३ वटा कच्ची घरटहरा रहेका छन् ।

थापाथली क्षेत्रमा रहेका १ सय ४३ वटा कच्ची घरटहरा सबै भत्काइएको छ भने गैरीगाउँमा २ सय ८५ मध्ये २ सय ८४ वटा पक्की घर र ५ सय ९३ वटा कच्ची घरटहरा पूर्णरूपमा हटाइएको छ।

यस्तै, मनोहरा काठमाडौँतर्फ रहेका २ वटा पक्की र १ सय १९ वटा कच्ची घरटहरा सबै भत्काइएको छ। मनोहरा भक्तपुरतर्फ भने २ सय ९२ वटा पक्की र ५ सय १८ वटा कच्ची घरटहरा पूर्णरूपमा हटाइएको प्रहरीले जनाएको छ ।

घरटहरा भत्काउने कार्यबाट कुल १० हजार ३ सय २० जना प्रभावित भएका छन् । प्रभावितमध्ये ३ हजार १ सय ३३ महिला, ३ हजार १ सय ६७ पुरुष, १ हजार ५ सय ८ बालक र १ हजार ७ सय ६ जना बालिका रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका