जोडिनुहोस
  • होमपेज
  • सहकारी छानबिन संसदीय समितिको म्याद थपिँदै

सहकारी छानबिन संसदीय समितिको म्याद थपिँदै

काठमाडौं। सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद १५ दिन थप हुने भएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो। संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ।

समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो । समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ। यसअघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक जेठ २२ मा बसेको थियो। त्यसअनुसार भदौ २२ मा समितिको म्याद सकिँदै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका