जोडिनुहोस
  • होमपेज
  • २५.८८ अंकले बढ्यो शेयर बजार, कारोबार घट्यो

२५.८८ अंकले बढ्यो शेयर बजार, कारोबार घट्यो

काठमाडौं। अघिल्ला दुई दिन लगातार घटेको शेयर बजार मंगलबार २५.८८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ। नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे। बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ।

अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो। १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो। सबै सेक्टरका सूचक बढेका छन्।

फाइनान्स सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो। बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे।

रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्यो। मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढ्यो।

विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका