
काठमाडौं। संयुक्त राष्ट्र संघ (यूएन) ले यस पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ कार्यक्रममा नेपालबाट तीन युवा नेताहरूले सहभागिता जनाउने भएका छन्।
नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित यूएनको आवासीय प्रतिनिधिको कार्यालयबाट छनोट गरेर नेपालका तीन युवा नेताहरू न्युयोर्क जान लागेका हुन्।
डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँले समिट अफ द फ्युचर समिटमा सहभागिता जनाउन लागेका हुन्।
उनीहरूले समिट अफ द फ्युचरमा नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने छन्।





























