जोडिनुहोस
  • होमपेज
  • बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली

बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा शनिबारको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्। अविरल वर्षा र बाढीका कारण एमाले केन्द्रीय कार्यालयको भुँइ तलमा पूरै डुबानमा परेको थियो । अहिले पनि एमाले परिसर हिलाम्मे भएको छ ।

बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री क्षतिग्रस्त भएका छन् । कार्यालयमा अहिले सरसफाइ चलिरहेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका