
भारतीय अर्थमन्त्री निर्मला सितारमणले डा. स्वर्णीम वाग्लेलाई निर्वाचनमा विजय हासिल गरेको तथा अर्थमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले सशक्त लोकतन्त्र भएका मुलुकहरूबीच सहकार्यमार्फत जनताको आकांक्षा पूरा गर्न सकिने उल्लेख गरिन्।
उनले आगामी दिनमा सहकार्य गर्न आफू उत्सुक रहेको पनि बताएकी छन्। सिथारमणको यस सन्देशलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने सकारात्मक संकेतका रूपमा हेरिएको छ।



































