जोडिनुहोस
  • होमपेज
  • सहकारी छानबिन समितिको प्रतिवेदनले पीडितको आँसु पुछियोस्ः उपसभामुख

सहकारी छानबिन समितिको प्रतिवेदनले पीडितको आँसु पुछियोस्ः उपसभामुख

काठमाडौं। उपसभामुख इन्दिरा रानाले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले विवेकपूर्ण र न्यायोचित रुपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरेकी छन् ।

बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको भन्दै विश्वास व्यक्त गरिन् ।

उनले भनिन्– ‘मलाई लाग्छ तपाईहरुले विवेकपूर्ण, न्यायोचित, आफ्नो कार्यादेश भित्र बसेर सत्यतथ्य जे भेट्नुभयो त्यही जस्ताको तस्तै प्रतिवेदनमा उतार्नुभयो भन्ने मलाई विश्वास लागेको छ । कुनै आग्रह, पूर्वाग्रह नराखी । कसैप्रति लक्षित नभई, कसैको दबाबमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो भन्ने मेरो विश्वास छ । तयार गरेको प्रतिवेदनले देशभरी पीडामा भएका व्यक्तिहरु(पीडित)को आँशु पुछियोस् । कसैप्रति लक्षित नभइकन सम्बन्धित वर्गहरुको लागि जुन समिति खडा गरेका छौँ उहाँहरुको आँशु पुछियोस् भन्ने मेरो शुभकामना छ ।’

उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरुको आँशु पुछिनुपर्ने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका