जोडिनुहोस
  • होमपेज
  • भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाका महाधिवेशन निर्धारित सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याइ आवश्यक निर्देशनसमेत गर्न विभिन्न तीन समिति गठन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ गतेको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले बुधवार नेपाल महिला सङ्घ,नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गरेका हुन् ।

नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहेका छन् ।

त्यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाइं र जीतजङ्ग बस्नेत रहेका छन् ।

नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतम रहेको पार्टी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका