जोडिनुहोस
  • होमपेज
  • इथियोपियामा यात्रु बोकेको ट्रक नदीमा खस्दा कम्तीमा ७१ जनाको मृत्यु

इथियोपियामा यात्रु बोकेको ट्रक नदीमा खस्दा कम्तीमा ७१ जनाको मृत्यु

काठमाडौं। इथियोपियाको राष्ट्रिय राजमार्गमा भएको ट्रक दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । दक्षिणी इथियोपियामा यात्रुले भरिएको ट्रक नदीमा खस्दा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा ६८ पुरुष र तीन महिला छन् । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएको र स्थानीय बोना जनरल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

राजधानी अदिस अबाबाबाट करिब ३ सय किलोमिटर टाढा सिदामा राज्यको बोना जुरिया वोरेडास्थित गेलाना ब्रिजको पूर्वी भागमा दुर्घटना भएको हो ।

पुल पार हुनुअघि नै ट्रक नदीमा खसेको बताइएको छ । ट्रक नदीमा खसेपछि स्थानीयले केहीको उद्धार गरेका छन् । तर ७१ जनाको भने मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका