जोडिनुहोस
  • होमपेज
  • रविको निवेदनमाथि उच्चका न्यायाधीश मिलन राईको इजलासमा सुनुवाइ हुँदै

रविको निवेदनमाथि उच्चका न्यायाधीश मिलन राईको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा राखी पाऊँ भनेर दिएको निवेदनमाथि मंगलबार उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासमा पेसी तोकिएको हो ।

गत पुस २५ गते कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेकसम्बन्धी मुद्दाको सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख धरौटी माग गरेका थिए ।

कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाउँदै रिहा भएका लामिछाने सोमबार रिट निवेदन लिएर उच्च अदालत पुगेका थिए ।

जिल्लाको आदेशमा चित्त नबुझी साधारण तारेखमा बसेर मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछाने उच्च अदालत पुगेपछि सुनुवाइ अघि बढेको हो ।

लामिछानेलाई सुप्रिम सहकारी हिनामिना प्रकरणमा आइतबार मात्रै जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी लिएर तारेखमा छाडेको थियो ।

रविले उच्च अदालत पोखरापछि अब जिल्ला अदालत काठमाडौं र रुपन्देहीको आदेशविरुद्ध पनि अपील गर्ने तयारी गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका