जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेमाथि अमानवीय व्यवहार रोक्न प्रचण्डको माग, सरकारको निन्दा

रवि लामिछानेमाथि अमानवीय व्यवहार रोक्न प्रचण्डको माग, सरकारको निन्दा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गरेका छन् ।

सहकारीको रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोषपूर्ण, निरंकुश, अमानवीय र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै प्रचण्डले निन्दा पनि गरेका छन् । उनले यस्ता व्यवहार रोक्न पनि माग गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका