जोडिनुहोस
  • होमपेज
  • भारी वर्षाका कारण ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, यी सडक छन् अवरुद्ध

भारी वर्षाका कारण ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, यी सडक छन् अवरुद्ध

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको बताएको छ ।

मन्तालयले बिहीबार आयोजना गरेकार पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले यस बारेमा जानकारी दिएका हुन् । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको मन्त्रालयका सचिव शर्माले जानकारी दिए । उनका अनुसार ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी छ ।

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ कि.मि., विपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ कि.मि., मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० कि.मि., कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ कि.मी. र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ कि.मी. हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए ।

त्यसैगरी क्षति भएको पुलहरुमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, विपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको वागमती पुल, माईपोखरी–सन्दकपुर ईलामको रातेखोला पुल र कान्ति राजपथको वागमती पुल रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका