जोडिनुहोस
शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • लुम्बिनीलाई १० विकेटले हराउँदै पोखराको पहिलो जीत, आन्द्रेस गौसको कीर्तिमानी शतक

लुम्बिनीलाई १० विकेटले हराउँदै पोखराको पहिलो जीत, आन्द्रेस गौसको कीर्तिमानी शतक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ ।

लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायो । पोखराका आन्द्रेस गौसले कीर्तिमानी शतक बनाए । एनपीएलमा पहिलो शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १ सय ४ रन जोडे । अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमै अधर्शतक बनाए । यस्तै पोखराका दिनेश खरेलले ६१ रन बनाए ।

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी पनि हो । यस्तै आन्द्रेस र दिनेशबीच एनपीएलकै उच्च रनको साझेदारी भएको छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्ष ठाकरले विराटनगर किङ्ग्ससँगको खेलमा तेस्रो विकेटका लागि नटआउट १ सय १६ रनको साझेदारी गरेका थिए ।

यस्तै पोखराले पावरप्लेमा ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान पनि बनाएको छ । यसअघि जनकपुर बोल्ट्सले कर्णाली याक्ससँगको खेलमा पावरप्लेमा कुनै विकेट नगुमाई ५६ रन बनाएको थियो ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए । ५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे । यस्तै टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए ।

योसँगै पोखराले प्रतियोगितामा पहिलो जीत हात पारेको छ । पोखराले यसअघि लगातार दुई खेल हारेको थियो । लुम्बिनीले भने लगातार दोस्रो हार बेहोरेको छ ।

एनपीएलमा भोलि पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स खेल्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका