राजनीति
त्रिभुवन विमानस्थलमा यात्रुलाई दिने सेवा थप सुधार गर्न नागरिक उड्डयनमन्त्री पाण्डेको निर्देशन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
उनले भने ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरूमाथि चाप पनि परेको छ । नागरिक उडडयनप्रति चाप पनि परेको छ । त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरू आएका छन् । यसलाई कसरी न्यायोचित बनाउने ? कसरी यसलाई तर्कपूर्ण बनाउने ? कसरी निजनेबल बनाउने ?भन्ने कुरामा मन्त्रालय सुरु नै दिनदेखि ११÷१२ गते ठुलो भीषण वर्षा भयो । हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरूलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर हामी काम गरिरहेका छौं । र यो निरन्तर छ । अहिले पनि हामीले एयरपोर्ट सम्बद्ध ट्याक्सी व्यवसायीहरूसँग पनि बसेर छलफल गरेका छौं । राति प्लेन आउँछ । बिहानै प्लेन चढ्न आउनुपर्दछ । त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाइन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । यात्रुहरूलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौं ।’




































