जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबईमा हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे ।

सो अवसरमा दुई देशबिचको आपसी मित्रवत् सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा दुई देशबिच यसअघि भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुनसक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका