जोडिनुहोस
  • होमपेज
  • डिजिटल लाइसेन्स नियमनको लागि ट्राफिक प्रहरीलाई १०४ वटा स्मार्टफोन हस्तान्तरण

डिजिटल लाइसेन्स नियमनको लागि ट्राफिक प्रहरीलाई १०४ वटा स्मार्टफोन हस्तान्तरण

काठमाडौं। सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र पौडेलले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरूले सवारी चालक अनुमति पत्र छापेर दिने काम सुरु भइसकेको बताए । उनले देश संघीयतामा गएको उल्लेख गर्दै डिजिटलाइजेशन गर्ने क्रममा पछि पर्न नहुने बताए । उनले सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको बताए ।

उनले लाइसेन्स लिन लामबद्ध हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले भने ‘देश संघीयतामा गइसकेको छ, डिजिटलाइजेशन गर्ने क्रममा हामी पनि प्रयासरत छौँ । कतिपय कुराहरू आउने क्रममा छ, कतिपय कुराहरू एक्सरसाइजकै क्रममा पनि छ । यातायात क्षेत्र प्रदेशको एक्लो अधिकार क्षेत्र रहेकाले सबै प्रदेशहरूले सवारी चालक अनुमति पत्र छापेर दिने काम हामीले सुरु गरिसकेका छौँ । लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रसँग जोडिरहेका छौँ, नागरिक एपसँग जोडेका छौँ । लाइसेन्स लिन लामबद्ध हुनुपर्ने अवस्था जुन छ, त्यसलाई हामीले चिर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बढ्दो जनघनत्व र सहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तीव्र वृद्धि नै सडक दुर्घटनाको कारक तत्त्व रहेको बताए । उनले आर्थिक वर्ष २०८०÷०८१ सम्म काठमाडौँ उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको बताए ।

उनले उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेको बताए । उनले भने ‘नेपालका परिप्रेक्ष्यमा बढ्दो जनघनत्व र सहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तीव्र वृद्धिका साथसाथै मानवीय र वातावरणीय र यान्त्रिकमध्ये कुनै एक वा धेरैको संयोग नै सडक दुर्घटनाको कारक तत्वको रुपमा रहेका देखिन्छ । जसमा उपत्यका अग्रणी स्थानमा रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म काठमाडौँ उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको तथ्यांक भएको देखिन्छ । उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेका छन् । सवारी साधन र जनसंख्याको अनुपात हेर्दा १ ट्राफिक प्रहरी बराबर १ हजार २५ वटा सवारी साधन जिम्मेवारीमा परेको देखिन्छ । हामी मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेका छौँ ।’

मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका