जोडिनुहोस
  • होमपेज
  • संविधान संशोधनका लागि २०८७ कुर्नु हुँदैनः शेखर कोइराला

संविधान संशोधनका लागि २०८७ कुर्नु हुँदैनः शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सबैलाई विश्वासमा लिन सुझाव दिए ।

उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नै पर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने बताए । उनले संविधान संशोधन गर्दा सबै राजनैतिक दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको बताए । कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दा ताका जनताहरूबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संशोधन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए ।

न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषद्मा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका