जोडिनुहोस
  • होमपेज
  • प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज

प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतलनिवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ। शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्। संवैधानिक परिषदको बैठकले भदौ ३१ मा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले असोज १६ मा राउतको नाम अनुमोदन गरेको थियो। उनी साढे एक वर्ष प्रधानन्यायाधीश बन्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका