जोडिनुहोस
  • होमपेज
  • फेरि पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

फेरि पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

इलाम। पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो। डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ।

उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका