जोडिनुहोस
  • होमपेज
  • प्रधानन्यायाधीश राउतद्धारा शपथ ग्रहण

प्रधानन्यायाधीश राउतद्धारा शपथ ग्रहण

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसअघि आज नै राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

संवैधानिक परिषद्ले असोज १ गते प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो । राउत २०७१ साउन १७ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका